नगरप्रमुख घनश्याम गिरीले पदबाट राजीनामा दिए
थानकोट ।
चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले पदबाट राजीनामा दिएका छन् । आइतबार नगरप्रमुख गिरीले उपप्रमुख लिशा नकर्मी समक्ष राजीनामा पेश गरेका हुन् । आसन्न स्थानीय तहको निर्वाचनमा नगरप्रमुख पदमा उम्मेदवारी दिने तयारीका लागि उनले नगरप्रमुख पदबाट राजीनामा दिएको बुझिएको छ ।
नगरप्रमुखको सचिवालयले थानकोट टाइम्सलाई दिएको जानकारी अनुसार नगरप्रमुखले प्रयोग गर्दै आएको सवारी साधनसमेत फिर्ता गरिएको छ । गिरी २०७४ को स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट नगरप्रमुख पदमा विजयी भएका थिए ।












