एसीसी प्रिमियर कप: सेमिफाइनलमा आज नेपालले कुवेतको सामना गर्दै
थानकोट ।
काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज सेमिफाइनलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । समूह ए को विजेता बन्दै नेपालले समूह बी को उपविजेता बनेको कुवेतलाई सेमिफाइनलमा प्रतिस्पर्धी पाएको हो ।
नेपाल र कुवेतबीचको खेल बिहान ९ बजे कीर्तिपुरस्थित मैदानमा हुनेछ । नेपाल प्रतियोगितामा एकमात्र अपराजित टोली रहेको छ ।
त्यस्तै आजै हुने दोस्रो सेमिफाइनलमा ओमानले यूएईको सामना गर्नेछ । ओमान समूह ए को उपविजेता हो भने यूएई समूह बी को विजेता बनेको थियो ।
यो खेल बिहान ९ बजे मुलपानीस्थित क्रिकेट मैदानमा खेलाइने तालिका रहेकाे छ ।













