नेपाल एसीसी प्रिमियर कपको फाइलनमा, एसिया कप खेल्न अब एक खेल जित्नुपर्ने
थानकोट ।
घरेलु टोली नेपाल काठमाडाैंमा जारी एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ ।
कुवेतसँग सेमिफाइनलको खेल वर्षाले पूरा हुन नपाए पनि नेपाल फाइनलमा पुगेको हो ।
वर्षाका कारण दुई घन्टा प्रभावित भएको खेल ४२–४२ ओभरमा छोट्याइएको थियो । नेपालले पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाई २ सय ८१ रन बनाएको थियो ।
तर डकवर्थ लुइस प्रणालीमा कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिइएको थियो । जवाफमा कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाई ३७ रन बनाएको अवस्थामा खेल पुनः वर्षाले बिथोलेको थियो । थप खेल नभएपछि रद्द हुन पुग्यो र नेपाल समूह विजेताको आधारमा फाइलनमा पुगेको छ ।
समूह ‘ए’ मा नेपालले ३ खेल जित्दै ७ अंक बटुलेको थियो ।
कुवेतले समूह ‘बी’ मा ४ मध्येको ३ खेल जित्दै ६ अंक बटुली उपविजेता बनेको थियो ।













