सुनचाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट । 

कारोबार हुने साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रुपैयाँ बढेको छ ।

आज छापावाल सुन तोलामा एक लाख नौ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन (शुक्रबार) तोलामा एक लाख नौ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन तेजाबी सुन तोलामा एक लाख आठ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदी तोेलामा एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *