प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा मौलाकाली केबलकारको उद्घाटन

Thankot Times

थानकोट ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वी नवलपरासीको गैंडाकोट-मौलाकाली जोड्ने १२ सय मिटरको मौलाकाली केबलकारको उद्घाटन गरेका छन् ।

प्रसिद्ध धार्मिक स्थल मौलाकाली मन्दिर जान आउन सकिने गरी निर्माण गरिएको केबलकारको प्रधानमन्त्री ‘प्रचण्ड’ ले सोमबार औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।
केबलकार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले केबलकार निर्माणले धार्मिक पर्यटनसँगै सांस्कृतिक र आर्थिक रुपान्तरणकारी परियोजना रहेको बताए ।

केबलकार आईएमई ग्रुप अन्तर्गतको मौलाकाली केबलकार प्रालिले सञ्चालनमा ल्याएको हो ।

गैंडाकोट-१ देखि माथि मौलाकाली मन्दिरसम्म एकतर्फी १२ सय मिटर (१.२ किलोमिटर) रहेको केबलकारमा दुईवटा सामान बोक्नेसहित १४ वटा गोन्डोला (डब्बा) रहेका छन् ।

१२ सय मिटरको दुरीमा रहेको केबलकारमा ६ वटा स्टेशन टावर राखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *