वडाअध्यक्ष लागुऔषधसहित समातिए

Thankot Times

थानकोट ।

मकवानपुरको थाहा नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष लागुऔषध गाँजासहित पक्राउ परेका छन् ।

सोमबार बिहान ६ बजे लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौ र इलाका प्रहरी कार्यालय पालुङको संयुक्त टोलीले थाहा नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष शिवराज थिङको घरबाट विक्री वितरण गर्ने उद्देश्यसहित लुकाइ छिपाइ राखेको अवस्थामा ३० वटा पोकामा २७ किलोग्राम गाँजाको धुलो बरामद गरेको छ । यसैगरी उनका छिमेकी इन्द्र बहादुर थिङको घरबाट १० वटा बोरामा लुकाएर राखेको १७५ किलो गाँजासमेत नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष थिङसहित उनका बाबु ७६ वर्षीय भिम बहादुर थिङ र साेही स्थानका ६७ वर्षीय इन्द्र बहादुर थिङ रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि थप कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय पालुङ जनाएको छ ।

थाहापाटीबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ