मोदी इनर्जीको आईपीओ आजबाट बिक्री खुला
थानकोट ।
मोदी इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणलाई आईपीओ निष्कासन बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बाँडफाँट गरी सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी दुई अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ७२ करोड ५० लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ७२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो ।
आरक्षणतर्फ सेयर बाँडफाँटपछि बाँकीसमेत जोडेर कम्पनीले ५९ लाख ९४ हजार ४२० कित्ता सेयर सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले निष्कासन गरेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।














