एक सय ३९ वर्ष पछि बुद्ध पूर्णिमाका दिन चन्द्रग्रहण, नेपालबाट नदेखिने

Thankot Times

थानकोट ।

यस वर्षको पहिलो चन्द्रग्रहण बैशाख २२ गते लाग्दैछ ।

यस बर्षको चन्द्रग्रहण यस अर्थमा पनि खास छ कि यो बुद्ध पूर्णिमाका दिनमा लाग्दैछ, जो १३९ वर्ष पछि लाग्न लागेको हो ।

यो चन्द्रग्रहण तुला राशी र स्वाती नक्षत्रमा लाग्दछ ।

बैशाख २२ गते राती ८ बजेर ४४ मिनेट देखी सुरु भएर मध्यरात अर्थात करिब १ बजेर २ मिनेटसम्म रहन्छ । यो चन्द्रग्रहणको कुल अवधि ४ घन्टा १५ मिनेटको हुनेछ ।

चन्द्रग्रहणको सुतक काल ९ घन्टा अगाडीबाट सुरु हुन्छ तर यो चन्द्रग्रहण नेपालबाट भने देखिने छैन, जसकाकारण यहाँ सुतककाल मानिदैँन् । यो उपछायाँ चन्द्रग्रहण हो, चन्द्रमामा पृथ्वीको छाया मात्र एउटा क्षेत्रमा मात्रै देखिने भएकाले सबैतिरबाट यो देखिदैँन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *