ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको १ लाख १० हजार ६ सय रूपैयाँमा कारोबार

Thankot Times

थानकोट ।

कारोबार हुने साताको चाैथो दिन बुधबार नेपाली बजारमा बहुमुल्य धातु सुनको मूल्यमा भारी वृद्धि भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन बुधबार एकैदिन १ हजार ८०० रुपैयाँले वृद्धि भएको हो ।

आज तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मंगलबार प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार प्रतितोला १ हजार ७५० रुपैयाँले बढेको हो ।

आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।

हिजो मंगलबार प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २० रुपैयाँले वृद्धि भएर प्रतितोला १ हजार ४२५ रुपैयाँ पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *