सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको एक लाख ११ हजार ८०० रुपैयाँ
थानकोट ।
कारोबार हुने साताको पाँचाै दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
सुनको मूल्य आज तोलाको हालसम्मकै उच्च एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भई नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि गएको चैत २२ गते सुन तोलाको एक लाख ११ बजार रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य तोलाको एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ ।
चाँदी तोलाको एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














