बागमती प्रदेशका यातायात कार्यालयहरू आज खुला रहने

Thankot Times

थानकोट । 

आज बुद्धजयन्तीको सार्वजनिक बिदा भए पनि बागमती प्रदेशअन्तर्गतका यातायात कार्यालयले सेवा दिने भएका छन्।

यस वर्षदेखि बढी भिडभाड हुने कार्यालय सार्वजनिक बिदाकाे दिन पनि सञ्चालन गर्ने सरकारको नीतिअनुसार कार्यालय खुलेका हुन्। 

यातायात कार्यालय सानो भर्‍याङका सूचना अधिकारी उपेन्द्र साहका अनुसार अन्य दिनजस्तो कार्यालयबाट सबै प्रकारका सेवा प्रवाह हुनेछन्। 

धेरै सार्वजनिक बिदा हुँदा सेवा प्रवाह प्रभावित भएपछि सरकारले विभिन्न दिवस तथा चाडपर्वमा हुने बिदामा विभिन्न कार्यालयहरू खोल्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार बागमती प्रदेशअन्तर्गतका यातायात कार्यालयले आज सेवा दिने भएका हुन्। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *