थानकोटस्थित टेलिकमको गोदाममा कार्यरत एक कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर
थानकोट ।
नेपाल टेलिकमको थानकोटस्थित गोदाममा कार्यरत एक वरिष्ठ सहायक कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
ती कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ असोजमा २९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनीमाथि अख्तियारले ८६ लाख भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो।
नेपाल टेलिकम, केन्द्रीय स्टोरअन्तर्गत थानकोट स्टोरमा कार्यरत वरिष्ठ सहायक स्तरका ती कर्मचारीमाथि स्कार्प डिसमेन्टल ब्याट्री लिलाम कार्यमा अनियमितता भएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो।
साथै, अख्तियारले अनुसन्धान गर्दा नेपाल टेलिकम, वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय, छाउनीबाट गरिएको स्कार्प डिसमेन्टल ब्याट्री लिलाम कार्यमा ८६ लाख ८८ हजार १ सय ३२ रूपैयाँ लामिछाने थरका ती कर्मचारीले अनियमितता गरेको पुष्टि भएको अरोप पत्रसहित मुद्दा दर्ता गरेको थियो।












