आजबाट अव्यवस्थित तार हटाइँदै, सरोकारवालाई अनिवार्य उपस्थित हुन प्राधिकरणको निर्देशन

Thankot Times

थानकोट ।

नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रका टेलिफोन तथा इन्टरनेटका तार व्यवस्थापन गर्ने भएको छ । गाेरखापत्रमा सूचना प्रकाशित गर्दै प्राधिकरणले टेलिफोन तथा इन्टरनेटलगायतको तार सडक छेउको पोलहरूमा अव्यवस्थित रूपमा रहँदा सहरी सुन्दरतामा ह्रास पुर्याएकाले त्यसको व्यवस्थापन गर्न लागिएको जनाएको छ ।

प्रयोगमा नआएको, गुजुल्टिएको, चुँडिएको तथा लत्रिएको तार हटाई व्यवस्थित गर्न लागिएकाले टेलिफोन तथा इन्टरनेटका तारसँग सम्बन्धित सबै सरोकारवाला पक्षलाई अनिवार्य उपस्थित हुन प्राधिकरणले भनेको छ ।

“सबै सेवाप्रदायकहरूलाई दैनिक रूपमा हुने तार व्यवस्थापन कार्यमा अनिवार्य सहभागिताका निर्देश गरिएको छ । सेवा प्रदायकहरूको तारमा संस्थाको नाम वा अनुमतिपत्र नं. खुल्ने गरी तारमा ट्याग हुनुपर्नेसमेत जानकारी गराईन्छ,” प्राधिकरणले भनेको छ, “तार व्यवस्थापन कार्यमा सेवाप्रदायक उपस्थित नभएमा वा सम्बन्धित सेवाप्रदायकको तार चिनिने ट्याग नभएको कारण तार काटिएमा वा हटाइएमा सोको जिम्मेवार स्वयम् सेवाप्रदायक नै हुनेछ ।”

माइतिघरदेखि एयरपोर्ट, त्रिपुरेश्वरदेखि महाराजगञ्ज, न्युरोड–वसन्तपुर हुँदै असन, माइतिघर–पुतलीसडक हुँदै नारायणहिटी क्षेत्रलगायतको तार व्यवस्थित गर्ने प्राधिकरणले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *