आज विश्व रेडक्रस दिवस
थानकोट ।
विश्व रेडक्रस दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ।
रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनको अवसरमा उनको योगदानको कदर गर्दै विविध कार्यक्रम गरी विश्वभर मनाइन्छ। रेडक्रसका संस्थापक हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरेका थिए।
सन् १८६४ मा जेनेभा सम्मेलनले आधिकारिक मान्यता दिएपछि यो दिवस विश्वभर मनाउन थालिएको हो ।
नेपालमा २०२० सालमा रेडक्रसको स्थापना भएको थियो। नेपालका ७७ वटै जिल्लामा रेडक्रसका शाखा, एक हजार बढी उपशाखा र ११ लाख बढी स्वयंसेवक आबद्ध छन्।
रेडक्रसले युद्ध, प्राकृतिक विपत्तिमा परेकाको उद्धार तथा जीवनरक्षाको क्षेत्रमा काम गर्दै आएको छ।
नेपालमा रेडक्रसले एम्बुलेन्स, रक्तसञ्चार, विपद् व्यवस्थापन, प्राकृतिक प्रकोप, प्राथमिक उपचार, आँखा अस्पताल लगायतका आकस्मिक सेवा प्रदान गर्दै आएको छ।











