सिटी होटेलको आईपीओमा आवेदन खुला, वैशाख २८ गतेसम्म आवेदन दिन सकिने

Thankot Times

थानकोट । 

सिटी होटेल लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गरेको छ ।

होटेलले आफ्नो जारी पुँजी एक अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

सोमध्ये पहिलो चरणमा एक लाख ६७ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरेको थियो ।

होटेलको आईपीओमा यही वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ ।

सो अवधिसम्म मागानुसार आवेदन नपरे जेठ ८ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ । सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम दुई हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *