युवालाई मौलिक सीप सिकाउँदै काठमाडौं महानगर

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले युवालाई मौलिक सीप सिकाउने भएको छ ।

महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका अनुसार ७५ जना युवालाई काष्ठकला, माटोको भाँडा र सुकुल बुनाई सम्बन्धी सीप तालिम दिन लागेको हो ।

नेपाल हस्तकला महासंघको सहकार्यमा महानगरपालिकाले २५ जनालाई काष्ठकला सम्बन्धी ४५ दिने उच्च सीप, २५ जनालाई माटोको भाँडाकुँडा बनाउने सम्बन्धी १५ दिने आधारभूत प्रशिक्षण र २५ जनालाई सुकुल बुनाइ सम्बन्धी १५ दिने आधारभूत प्रशिक्षण दिन लागेको हो ।

महानगरपालिकाले सीप सिकेकाहरुलाई स्वरोजगार तथा आय आर्जनको अवसर प्रदान गर्ने सम्पदा तथा पर्यटन विभागकी प्रमुख अर्चना श्रेष्ठले जानकारी दिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *