काठमाडौंमा हावाकाे तिव्र वेग, जहाज अवतरणमा समस्या

Thankot Times

थानकोट ।

तीव्र हावा चलेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा जहाज अवतरणमा समस्या भएको छ ।

त्रिभुवन विमानस्थलका अनुसार जहाज अवतरण गर्ने दक्षिण तर्फ स्वभाविक भन्दा धेरै गतिको हावा चलेपछि जहाज अवतरणमा समस्या आएको हो ।

‘अहिले दक्षिण तर्फबाट आएको हावाले जहाज अवतरण हुन सकेका छैनन्, स्वभाविक भन्दा धेरै गतिको हावा चलिरहेको छ । जसका कारण अहिले ५ वटा जहाज आकाशमै घुमिरहेका छन्’ त्रिभुवन विमानास्थलका प्रवक्ता टेकनाथ सिटौलाले भने ।

त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकेपछि दिल्ली, दोहा लगायतबाट काठमाडौं आएका ५ वटा जहाजहरु ललितपुरको दक्षिणी क्षेत्र माथिको आकाशमा फन्को मारिरहेका छन् ।

अनलाइन खबरबाट ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *