नगर क्षेत्रका सहकारीहरूसँग ऐन तथा नीति निर्माणका लागि छलफल गर्दै चन्द्रागिरि नगरपालिका

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिकाले नगरको क्षेत्राधिकार भित्र समेटिएका सबै सहकारीहरूसँग छलफल कार्यक्रम सञ्चालन गर्ने भएको छ। 

सहकारी ऐन, नीति र कार्यक्रमका सन्दर्भमा रहेर छलफल कार्यक्रम सञ्चालन गर्न लागिएको नगरको आर्थिक विकास शाखाले जनाएको छ । 

शाखाले नगरका बचत तथा ऋण, बहुउद्देश्यीय र उत्पादक एवं उपभोक्ता सहकारीका अध्यक्षहरूसँग छुट्टाछुट्टै छलफलका लागि सूचना जारी गरेको हो । 

छलफल कार्यक्रमको पहिलो दिन जेठ १ गते बचत तथा ऋण सहकारी, जेठ ३ गते बहुउद्देश्यीय सहकारी तथा जेठ ५ गते उत्पादक एवं उपभोक्ता सहकारीका अध्यक्षहरूसँग छलफल हुने चन्द्रागिरि नगरपालिकाको आर्थिक विकास शाखा प्रमुख राजु बहादुर खड्काले जानकारी दिनुभयो । 

नगरको आर्थिक विकास शाखाले थानकोट टाइम्सलाई उपलब्ध गराएको विवरण अनुसार चन्द्रागिरि नगरपालिकामा १ सय ५१ वटा भन्दा बढि सहकारी दर्ता रहेका छन् ।

यसमा बचत तथा ऋण सहकारी, बहुउद्देशीय सहकारी, कृषि सहकारी, उपभोक्ता सहकारीहरू पर्दछन् ।

कति होलान् चन्द्रागिरि नगरपालिकाले नियमन गर्ने सहकारीको संख्या ? चन्द्रागिरि १२ मा छन् २२ वटा सहकारी


Leave a Reply

Your email address will not be published. Required fields are marked *