चन्द्रागिरि हिल्सले गर्यो पछिल्लो ९ महिनामा करिब ६३ करोड रुपैयाँको कारोबार

Thankot Times

थानकोट । 

गतिशिल हुँदै गएको पर्यटन गतिविधिले चन्द्रागिरि हिल्सको नोक्सानी नाफामा परिणत भएको छ। पोहोर चैतसम्म कम्पनीको घाटा डेढ करोड रुपैयाँ नाघेकोमा यसपाली ७ करोड ७७ लाख रुपैयाँ नाफा भएको छ।

कम्पनीले नौ महिनामै ६२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ, जुन पोहोर चैतभन्दा ४१.६७ प्रतिशत बढी हो। आम्दानीसँगै खर्चका आकारमा पनि वृद्धि भएको देखिन्छ। ३९.४४ प्रतिशत खर्च बढेको छ। 

कर्मचारी सेवा सुविधामा पनि वृद्धि छ। ब्याज भुक्तानीको रकम पनि ३४.३३ प्रतिशत बढेको छ।

एक अर्ब ५३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको चन्द्रागिरि हिल्सको जगेडा र अवितरित नाफा कोष अझै पनि ३० करोड ७८ लाख रुपैयाँ ऋणात्मक छ।

कम्पनीको प्रतिसेयर आम्दानी ५.०७ रुपैयाँ पुगेको हो।

चैतसम्म प्रति सेयर नेटवर्थ ७९.९३ रुपैयाँ कायम छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *