काठमाडाैंमा पानी पर्न सुरू, लगातार तीन दिन बदली र वर्षाको सम्भावना
थानकोट ।
बंगालको खाडीमा विकसित मोखा चक्रवातसमेतको असरले काठमाडौं उपत्यकासहितका पहाडी जिल्लाहरुमा आजदेखि तीन दिन बदली र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
बंगालको खाडीमा विकसित ‘मोखा’ नामको चक्रवातको आंशिक प्रभाव तथा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज, भोलि र पर्सि पहाडी भूभागमा वर्षा हुने पूर्वानुमान गरिएको हो ।
चक्रवातले भने नेपालमा धेरै असर गरेको छैन् ।
मोखा चक्रवातको प्रभाव नेपालको पूर्वी भागमा बढी र पश्चिमी भागमा कम पर्ने पूर्वानुमान छ । तर पश्चिमी भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव बढी देखिएको छ । त्यसैले देशभरकै पहाडी भागमा बदली र वर्षा हुने भएकाले केही दिनयताको चर्को घामबाट राहत महसुस हुनेछ ।
हिजो अस्तिको तुलनामा उच्चतम तापक्रम घट्ने सम्भावना रहेकाे मौसम पूवानुमान महाशाखाले जनाएकाे छ । काठमाडौं उपत्यकामा आज क्षणिक वर्षाको सम्भावना छ ।
तर आजभन्दा भोलि बढी वर्षा हुने जनाइएकाे छ ।











