नवनियुक्त मन्त्रीको आग्रह : बधाई दिन आउँदा खादामाला नल्याउनुहोला

Thankot Times

थानकोट । 

गण्डकी प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले मन्त्रालयमा भेटघाटमा आउँदा खादामाला नल्याउन आग्रह गरेका छन् ।

बधाई तथा शुभकामना दिँदा खादामाला, पुष्पगुच्छा आदि प्रयोग नगर्न उनले सर्वसाधारणमा आग्रह गरेका हुन् ।

खादामालामा अनावश्यक फजुल खर्च हुने र वातावरणीय स्वच्छतामा पनि हानी पुर्‍याउने भएकाले त्यस्ता वस्तुको प्रयोगलाई निरुत्साहित गर्न लागिएको मन्त्री जुग्जालीको सचिवालयले जनाएको छ । 

मन्त्रीसँग भेटघाटमा आउँदा खादामाला, फूल, ‘बुके’ स्वीकार नगरिने सचिवालयको सूचनामा उल्लेख छ ।

मन्त्रालयमा अत्यावश्यकबाहेक हरेक दिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म भेटघाटको समय तय गरिएको मन्त्री जुग्जालीका स्वकीय सचिव सुदिन पौडेलले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *