नेपाली काँग्रेसको १५औँ महाधिवेशन आजदेखि

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ ।

आजदेखि सुरु हुने १५औँ राष्ट्रिय महाधिवेशन यही असोज २२ गतेसम्म चल्नेछ । महाधिवेशनका लागि देशभर र जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधिले भाग लिँदै छन् ।

खुलामञ्चमा महाधिवेशनको उद्घाटन हुँदै छ । महाधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन पूर्वसभापति शेरबहादुर देउवालाई औपचारिक रूपमा निमन्त्रणा गरिएको कांग्रेसले जानकारी दिएको छ ।

कांग्रेसको महाधिवेशन उद्घाटनमा अन्य राजनीतिक दलका शीर्ष नेताहरू पनि सहभागी हुने भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ