आजबाट सार्वजनिक सवारी साधनको भाडादर घट्यो, कहाँको भाडा कति ? (सूचीसहित)
थानकोट ।
इन्धनको मूल्य क्रमिक रूपमा घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात अन्तर्गत यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडादर घटाएको छ ।
विभागले बुधबार सूचना जारी गर्दै इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडा समायोजन गरिएको जनाएको हो ।
विभागका अनुसार यात्रुवाहक सवारी साधनको भाडा ३.२० प्रतिशतले घटाइएको छ ।
यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.६५ प्रतिशतले घटेको छ ।
कहाँको कति भयो भाडादर हेर्नुहोस्ः














