अब भारतमा २ हजार दरका नोट प्रचलनमा नआउने
थानकोट ।
भारत सरकारले अब २ हजार दरका नोट प्रचलनमा नल्याउने निर्णय गरेको छ ।
भारतीय केन्द्रीय बैंक (भारतीय रिजर्भ बैंक) ले शुक्रबार २ हजार दरका नोट अब चलनचल्तीमा नल्याउने निर्णय गरेको हो ।
बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार २ हजार दरको दरको नोट तत्काल अवैध भने हुनेछैन् ।
बैंकका अनुसार ३० सेप्टेम्बरसम्म सर्वसाधारणले बैंकका गएर सो नोटको सटही गर्न सक्नेछन् ।
सर्वसाधारणले आफूसँग भएको २ हजार दरको नोट आफ्नो खातामा जम्मा गर्न सक्नेछन् भने जुनसुकै बैंकबाट नोट सटही सुविधा पनि लिन सक्नेछन्।














