सुनको मूल्य तोलामा ८ सय रूपैयाँले बढ्यो

Thankot Times

थानकोट । 

कारोबार हुने साताको पहिलो दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर कारोबार भएको हो ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । गएको शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले वृद्धि भएर कारोबार भएको छ । चाँदी तोलाको एक हजार ३८५ रुपैयाँमा कारोबार भएको भइरहेको महासंघले छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ