सभापति लामिछानेसहित शीर्ष नेताको उपस्थितिमा सोमबार रास्वपा चन्द्रागिरि नगर संगठन विस्तार हुँदै

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि जेठ १५ गते चन्द्रागिरि नगरमा संगठन विस्तार कार्यक्रम आयोजना गर्ने भएको छ । 

सो पार्टीका सभापति रवि लामिछानेको उपस्थितिमा जेठ १५ गते सोमबार नगर संगठन विस्तारको कार्यक्रम तय भएको सो पार्टीका काठमाडाैं जिल्ला संयोजक प्रदिप विष्टले जानकारी दिनुभयो । 

सो क्रममा रास्वपा उपसभापति डोल प्रसाद अर्याल लगायत अन्य केन्द्रीय सदस्यहरूको समेत उपस्थिति रहने बताइएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *