महिला टी-ट्वान्टी अन्तर्राष्ट्रियः नेपाल र मलेसियाबीचको दोश्रो खेल आज

Thankot Times

थानकोट ।

दाेस्रो महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा आज नेपाल र घरेलु टोली मलेसियाबीच खेल हुँदैछ । 

बांगीमा खेल नेपाली समय अनुसार बिहान पौने ९ मा सुरु हुनेछ । पहिलो खेल पाँच विकेटले गुमाएको नेपाल पाँच खेलको टी-ट्वान्टी सिरिजमा १-० ले पछि परेको छ।

नेपाल पहिलो खेलमा ५० रनमै अल आउट हुँदै मलेसियासँग ५ विकेटले पराजित भएको थियो । महिला टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको मलेसियासँग पहिलो हार थियो ।

नेपाल पहिलो खेलको गल्ती सुधार गर्दै दोस्रो खेलमा जितका साथ सिरिज बराबर गर्न चाहन्छ ।

मलेसिया पहिलो खेलको नतिजा कायम राख्ने सोचमा रहेको छ । यस खेल जितेर मलेसिया सिरिजमा अग्रता दोब्बर गर्न चाहन्छ ।

जेठ १८ मा नेपालले तेस्रो खेल खेल्नेछ । जेठ २० र २१ मा नेपालले चौथो र पाँचौं खेल खेल्नेछ।

नेपालको टोली :

रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्याति पाण्डे र सरस्वती चौधरी 
 


Leave a Reply

Your email address will not be published. Required fields are marked *