काठमाडाैं क्षेत्र नंं १० को नेतृत्व लिन रास्वपामा ९ जनाको उम्मेदवारी, आज साँझ ७ बजेसम्म भोटिङ

Thankot Times

थानको ट। 

राष्ट्रिय स्वतन्त्र पार्टीको क्षेत्रीय सभापति चयनका लागि सो पार्टीले दिएको समयसीमा आज साँझ सकिँदैछ । 

रास्वपाको काठमाडाैं क्षेत्र नं. १० को नेतृत्व लिन विभिन्न पेशा र पृष्ठ भूमिका ९ जनाको उम्मेदवारी कायम रहेको सो पार्टीले जनाएको छ । 

सो पार्टीको क्षेत्रीय सभापतिका लागि चन्द्रागिरि र दक्षिणकाली नगरका २-२ जना तथा कीर्तिपुर नगरका ५ जनाले उम्मेदवारी दिएका छन् । 

जस अनुसार चन्द्रागिरिका रामराजा थापा र सबिना महर्जन, दक्षिणकाली नगरपालिकाबाट प्रेम लामा र विष्णु थापा तथा कीर्तिपुर नगरपालिकाका केशव महर्जन, सुशिला सिम्खडा, कबिन्द्र कार्की, अनिता महर्जन र जयराम कार्कीले उम्मेदवारी दिएका हुन् । 

उनीहरूमध्ये एक जना सो पार्टीका शनिबार साँझ ५ बजेसम्म प्रमाणित सदस्यहरूले साँझ ७ बजेसम्म मोबाइल एप्लीकेशन मार्फत भोट दिइ चुनेका एक जनाले यस क्षेत्रको नेतृत्व गर्ने बताइएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *