‘प्रधानमन्त्रीले सबै जितेर आएजस्तो गर्नुभो, साँच्चै ल्याएको १५ वटा राँगा मात्रै हो’- ओली

Thankot Times

थानकोट ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा १५ वटा राँगा आएको मात्रै उपलब्धी भएको दाबी गरेका छन्। 

प्रतिनिधिसभा बैठकमा सोमबार समय लिएर बोल्दै ओलीले अरू कुरा प्रधानमन्त्रीले प्रमाणित गर्नुपर्ने बताए। 

‘अघि प्रधानमन्त्रीको फूर्तिफार्ती सारा जितेर फर्किएको सिकन्दरजस्तो थियो। सब फाँडेर फर्किएको चंगेज खाँजस्तो थियो। अचम्म लाग्यो मलाई । साँच्चै ल्याएको चाहिँ के हो भने १५ वटा राँगा मात्रै हो। चढेर आए पनि डोर्याएर ल्याए पनि।’ओलीले भने, अरू कुरा त प्रधानमन्त्रीज्युले प्रमाणित गर्नुपर्छ यो ल्याएँ भनेर । अरू कुन चाहिँ नयाँ के प्रोजेक्ट छ? 

उनले राँगा ल्याउने प्रक्रिया पनि आफू प्रधानमन्त्री हुँदा नै पशुको नश्ल सुधारका लागि प्रक्रिया थालिएको ओलीले बताए। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ