रास्वपाले भदाै महिनाभित्र वडा समितिका लागि प्रारम्भिक निर्वाचन गर्ने

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टीले असार १७ गतेसम्म केन्द्रीय समिति, प्रदेश समिति र निर्वाचन क्षेत्र समितिको उपस्थितिमा संगठन विस्तार कार्यविधि अनुरूप वडा भेला गर्ने भएको छ।
सो पार्टीले असार ३० गतेभित्र असार १७ गतेसम्म रितपूर्वक गठन भएका वडा समितिरू असार ३० भित्र केन्द्रीय कार्यालयमा अभिलेखीकरण गरी प्रमाणित गरिने जनाएको छ।
यस्तै साउन १ गते अभिलेखीकरण भई प्रमाणित भएका वडा समितिहरू बाहेकका वडा समितिका लागि साउन १ देखी ३२ गतेसम्म उम्मेदवारी दिन सकिने रास्वापले जनाएको छ ।

सो पश्चात भदाै महिनाभित्र केन्द्रीय संगठन विभागले तोकेको मितिमा वडा समितिका लागि प्रारम्भिक निर्वाचनको तयारी गरेको रास्वपा काठमाडाैं जिल्ला संयोजक प्रदिप विष्टले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ