प्रतिनिधिसभाको बैठकमा आज पनि बजेटमाथिको छलफल जारी रहने
थानकोट ।
प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ ।
बिहान ११ बजेबाट सुरु हुने बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल जारी रहनेछ ।
बजेटमाथिको छलफलमा सांसदहरूले आ-आफ्नो धारणा राख्नेक्रम जारी छ ।
सत्तारुढ दलका सांसदहरूले पनि बजेटको आलोचना गरिरहेका छन् ।













