एकीकृत समाजवादी निकट पत्रकारको राष्ट्रिय अधिवेसन आजबाट, नयाँ नेतृत्व चयन हुने

Thankot Times

थानकोट । 

समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशन आजवाट सुरू हुँदैछ ।

अर्पण बैंक्वेट बानेश्वरमा तय गरिएको अधिवेशनको उद्घाटन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्दैछन् । 

आजदेखि सुरु हुने सो राष्ट्रिय अधिवेशनबाट संगठनको नयाँ नेतृत्व चयन गरिने प्रमुख एजेन्डा रहेको छ ।

सो सम्मेललनमा करिब देशभरबाट ४ सय पत्रकार प्रतिनिधिले सहभागी जनाउँदैछन् ।

हाल यस संगठनको अध्यक्ष शम्भु श्रेष्ठ छन् भने महासचिवमा भुपराज खड्का रहेकाछन् ।

यस सम्मेलनबाट अब नयाँ नेतृत्व चयन हुनेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ