चन्द्रागिरिका यी नेतृसहित नेपाली कांग्रेसको भातृ संस्था महिला संघ तदर्थ समिति विस्तार
थानकोट ।
नेपाली कांग्रेसको भातृ संस्था महिला संघको तदर्थ समिति विस्तार भएको छ।
मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उषाकुमारी रावत मिश्रको अध्यक्षतामा गठित संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ५२ जनालाई सदस्यमा मनोनीत गरेका हुन् ।
गत २०७९ साउन २६ गते संघको अध्यक्षमा मिश्र नियुक्त भएकी थिइन् ।













