कालीमाटीको सडकमा गोलभेँडाको थुप्रो !
थानकोट ।
उचित मूल्य नपाएको भन्दै किसानले काठमाडौंको कालीमाटीस्थित सडकमा गोलभेँडा फालेका छन् ।
आइतबार बिहान किसानहरूले सडकमै गोलभेँडा फालेका हुन् । किसानले सडकमा थुपारेको गोलभेँडा डोजर लगाएर पन्छाइएको छ ।
विभिन्न स्थानका किसानले बिक्रीका लागि ल्याएका गोलभेँडा फालेका हुन् । आफूहरूको परिश्रमानुसार मूल्य नपाएपछि फाल्न बाध्य भएको उनीहरूको भनाइ छ ।














