आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारकाे क्रममा मृत्यु
थानकोट ।
आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारकाे क्रममा मृत्यु भएकाे छ ।
नेपाल प्रहरी स्राेतले दिएकाे जानकारी अनुसार गणेश नेपालीकाे मृत्यु भएकाे छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा मृत्यु भएको पुष्टि गरे ।
‘उहाँकाे निधन भएकाे खबर सही हाे । केहीबेर अघि मात्र डिक्लेयर भएकाे हाे,’ उनले भने ।
वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा उपचाररत नेपालीकाे शुक्रबार दिउँसाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको थियो ।
मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीले बिहीबार दिउँसो आत्मदाह प्रयास गरेका थिए ।









