ट्रेड युनियन काँग्रेसको नेतृत्व चयनः मतगणना जारी, अध्यक्षमा कुँवर अघिअघि यादव पछिपछि
थानकोट ।
नेपाल कांग्रेसनिकट ट्रेड युनियन कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ ।
प्रज्ञा प्रतिष्ठान कमलादीमा बुधबार साँझ करिव ७ बजे मतदान सुरु भएकोमा सो मतदान सम्पन्न भइ मतगणना जारी रहेको हो । चुनावमा पार्टी संस्थापननिकट र संस्थापन इतर समूहनिकट नेताहरू प्यानलै बनाएर मैदानमा उत्रिएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवानिकट प्यानलको नेतृत्व योगेन्द्रबहादुर कुँवरले गरेका छन् भने इतर समूहनिकट प्यानलबाट महेन्द्रप्रसाद यादवले नेतृत्व गरेका छन् ।
निर्वाचनमा आठ सय ८० महाधिवेशन प्रतिनिधिले भाग लिएका छन भने युवा र महिला समितिसहित ४९ पदका लागि निर्वाचन भएको छ ।
ताजा अवस्थामा २०० मत गणना भइसक्दा योगेन्द्र कुमार कुँवर ११३ मतसहित अग्रतामा छन् भने महेन्द्र प्रसाद यादवले ८६ मत पाएका छन् ।













