ट्रेड युनियन काँग्रेसको अध्यक्षमा थानकोटका योगेन्द्र कुमार कुँवर विजयी
थानकोट ।
नेपाली कांग्रेस निकट ट्रेड युनियन कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा योगेन्द्रक्रमार कुँवर अध्यक्ष पदमा विजयी भएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसको ७ औं राष्ट्रीय महाधिवेशनबाट अध्यक्षमा श्री योगेन्द्र कुमार कुँवर तथा महासचिवमा अजय कुमार राई विजयी भएका हुन् ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र कार्की, उपाध्यक्ष खुल्ला गणेश केसी, ज्योति कोइराला, राजेश पालिके, नेत्र विक्रम थापा विजयी भएका छन् । यद्यपी मतपरिणामको आधिकारिक घोषणा हुन बाँकी रहेको बताइएको छ ।
संस्थापन पक्षका उम्मेदवार कुवँरले शेखर-गगन पक्षका महेन्द्र यादवलाई ६५ मतान्तरले पराजित गरेका हुन् ।
कुवँरले ४४१ मत पाए भने यादवले ३७६ मत पाए । शुक्रबार सुरु भएको ट्रेड युनियन कांग्रेसको सातौं महाधिवेशनबाट पदाधिकारीका अन्य पदमा शेखर- गगन पक्षका उम्मेदवारले जितेका छन् ।













