चन्द्रागिरिमा झन्डै ३० करोडले बजेट घट्यो
थानकोट ।
केन्द्र र प्रदेश सरकारको आर्थिक वर्ष ०८०/८१ को बजेटले स्थानीय तहलाई दिने बजेट घटाएपछि स्थानीय तहको बजेटको आकार पनि खुम्चिएको छ ।
केन्द्रले कम बजेट दिएपछि पालिकाको बजेट कम भएको छ ।
चन्द्रागिरि नगरपालिकामा विगतमा भन्दा आगामी वर्षको बजेट घटेको छ ।
चालू आवमा दुई अर्ब ४७ करोड बजेट ल्याएको चन्द्रागिरि नगरपालिकाले आगामी वर्षका लागि दुई अर्ब आठ करोडको बजेट ल्याएको हो ।














