सुनको मूल्यसँगै चोरीका घटना वृद्धि भएपछि शान्ति सुरक्षाको माग

Thankot Times

थानकोट ।

सुनचाँदीका गरगहना बनाउने पसल लुटपाटको घटना बढ्न थालेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार महोत्तरीका दुई सुनचाँदी पसलमा चोरीका घटना भएको छ ।

बिहान करिब २ बजे न्यु साई ज्वेलर्स र श्रीहरि ज्वेलर्सको ताला फोडी त्यहाँ रहेका सुनचाँदीका गहना चोरी गरिएको महासंघले जनाएको छ । ती पसलबाट सेफ (लकर) र गरगहनासहित ठूलो धनमाल चोरी भएको बताइएको छ ।

गरगहना चोरी गरी फरार रहेका व्यक्तिको खोजी र कारबाही गर्न महासंघले माग गरेको छ ।

यसरी लुटपाट बढ्दै गएको भन्दै पुनः यस किसिमका घटना हुन नदिन गृह प्रशासनसँग शान्ति सुरक्षाको माग समेत गरिएको छ ।

“सुनचाँदी व्यवसाय आफैँमा संवेदनशील व्यवसाय हो । यस व्यवसायको क्षेत्रमा बारम्बार चोरी, डकैती र लुटपाटका घटना हुने गरेको छ । हाल व्यवसायीहरू आर्थिक समस्याबाट गुज्रिरहेको साथै सुनको दरभाउ उच्च भएको बेलामा चोरी र लुटपाटका घटनाहरू झनै बढ्न सक्ने भएकोले यसतर्फ थप सचेत हुन र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सम्बद्ध निकायसँग महासंघ जोडदार माग गर्दछ,” आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *