साफ च्याम्पियनसिप-२०२३ः आयोजक भारतलाई नवाैं पटक उपाधि, कुवेत पेनाल्टी सूटआउटमा स्तब्ध

Thankot Times

थानकोट । 

आमन्त्रित टोली कुवेतलाई  पेनाल्टी सूटआउटमा ५-४ ले हराउँदै साबिक विजेतासमेत रहेको भारतले साफ च्याम्पियनसिप-२०२३ को उपाधि जितेको छ । यो भारतले नवौँ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा जारी खेलको निर्धारित र अतिरिक्त समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

प्रतियोगिताको सर्वाधिक सफल टिमसमेत रहेको भारतले सेमिफाइनलमा लेबनानलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । भारतले लेबनानलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

यता, कुवेतले भने बंगलादेशलाई १–० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *