कीर्तिपुरका ९ वटा वडामा रास्वपाको वडा कमिटि गठन, कुन वडामा को बने संयोजक ?

Thankot Times

थानकोट । 

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडाैं क्षेत्र नं. १० अन्तर्गत कीर्तिपुर नगरका विभिन्न वडाहरूमा पार्टी कमिटि गठन गरेको छ । 

प्राप्त विवरणहरू अनुसार कीर्तिपुर नगरका १० मध्ये ९ वटा वडामा पार्टी कमिटि गठन गरिएको हो । कीर्तिपुर नगरपालिका वडा नं. १ बाहेकका वडाहरूमा गठन भएको रास्वपाले जनाएको छ । 

जसअनुसार कीर्तिपुर २ मा ई. महेश महर्जन, कीर्तिपुर ३ मा दिनेश शाही खड्गी, कीर्तिपुर ४ मा भरत विष्ट, कीर्तिपुर ५ मा हरि बहादुर खत्री रास्वपाको वडा संयोजक चुनिएका छन् । 

यसैगरी कीर्तिपुर ६ को संयोजकमा अमर महर्जन, कीर्तिपुर ७ मा तारा थापा, कीर्तिपुर ८ मा अनिता महर्जन, कीर्तिपुर ९ मा विश्वराज महर्जन र १० प्रविन शाक्य चुनिएको रास्वपा काठमाडाैं जिल्ला संयोजक प्रदिप विष्टले जानकारी दिनुभयो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *