इमर्जिङ एसिया कप: नेपाली अम्पायरले खेलाइरहेका छन् प्रतियोगिताको पहिलो खेल

Thankot Times

थानकोट ।

एसीसी इमर्जिङ टिम्स एसिया कप बिहीबारदेखि श्रीलंकामा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन समूह ‘ए’ का दुई खेल हुनेछन् । 

पहिलो खेलमा दुई टेस्ट राष्ट्र श्रीलंका र बंगलादेश अहिले भिडिरहेका छन् ।

यी दुवै टोलीले प्रतियोगितामा आफ्नो ‘ए’ टोली सहभागी गराएका छन् ।

उक्त खेलमा नेपालका बुद्धिबहादुर प्रधान अम्पायरको भूमिकामा छन् । प्रधानसँगै भारत र ओमानका अम्पायर पनि उक्त खेलमा सक्रिय छन् । ४७ वर्षीय प्रधानले हालसम्म ४४ एकदिवसीय खेलमा अम्पायर र एउटा एकदिवसीय खेलमा रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *