न्यू डाइमण्डलाई पराजित गर्दै एपीएफ राष्ट्रिय महिला भलिबल लिगको फाइनल नजिक

Thankot Times

थानकोट । 

न्यू डायमण्ड स्पोर्ट्स एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै एपीएफ क्लब सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल लिगमा फाइनल नजिक पुगेको छ ।

न्यू डायमाण्डमाथिको ३-० को सोझो सेटको जितले एपीएफको शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो भएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा एपीएफले न्यू डाइमन्डलाई २५-१६, २५-१८ र २५-१२ पराजित गरेको हो ।

अब न्यू डायमण्डले शुक्रबार नेपाल पुलिस क्लबसँग खेल्नेछ । उक्त खेलमा पुलिसलाई ३-० को सोझो सेटमा हराएमा मात्रै न्यू डायमण्डको फाइनल सम्भावना हुनेछ ।

पुलिससँगको खेलमा न्यु डायमन्ड हारेको वा अंक बाँडेको खण्डमा एपीएफ फाइनलमा पुग्ने छ ।

महिलातर्फ पुलिस ४ खेलबाट १२ अंक, एपीएफ ५ खेलबाट ११ अंक, न्यु डायमन्ड ४ खेलबाट ८ अंक, आर्मी ४ खेलबाट ५ अंक, गण्डकी ४ खेलबाट ३ अंक र एभरेष्ट ५ खेलबाट ० अंकमा छन् ।

अंकका आधारमा पुलिस फाइनल प्रवेश गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *