नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसहितको टोली कम्बोडिया प्रस्थान
थानकोट ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् ।
उनी मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।
ओली कम्बोडियामा हुने निर्वाचन पर्यवेक्षणका लागि गएका हुन् ।
कम्बोडिया प्रस्थान गर्नुअघि ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिएको उनको सचिवालयले जनाएको छ ।
भ्रमण दलमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्य सहभागी छन् ।












