नेपाली कांग्रेसका थप २२ विभागको प्रस्ताव, यी हुन प्रस्तावित विभागहरू

Thankot Times

थानकोट ।

सोमबारदेखि सानेपामा सुरु भएको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा २२ विभाग थप गर्ने प्रस्ताव पेस भएको छ । 

कांग्रेस महामन्त्री गगन थापाले सो प्रस्ताव गरेका हुन् । 

कांग्रेसको विधानअनुसार यसअघि ४८ विभाग राखिएको थियो । त्यसमा २२ थप गरी ७० विभाग पुर्‍याउन लागिएको  छ ।

महामन्त्री थापाबाट प्रस्तावित थप विभागहरूमा न्याय तथा मानवअधिकार विभाग, नवीनतम प्रविधि र नवप्रवर्तन समन्वय विभाग, सामाजिक–सांस्कृतिक अभियान विभाग, विकास तथा पूर्वाधार विभाग, सुशासन विभाग, सहकारी विभाग, उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभाग विकास विभाग रहेका छन् ।

यस्तै, विपद् व्यवस्थापन विभाग, ऊर्जा तथा जलस्रोत विभाग, युवा तथा किशोर–किशोरी विभाग, भूपू प्रहरी विभाग, ज्येष्ठ नागरिक समन्वय विभाग, जलवायु परिवर्तन र वातावरणीय सन्तुलन सरोकार विभाग र पूर्वआप्रवासी समन्वय विभाग 


Leave a Reply

Your email address will not be published. Required fields are marked *