एसिया कपः उद्घाटनमा नेपालले पाकिस्तानको सामना गर्ने

Thankot Times

थानकोट । 

एसिया कपको उद्घाटन खेलमा नेपालले पाकिस्तानको सामना गर्ने भएको छ। 

एसियाली क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको तालिका अनुसार नेपालले आयोजक पाकिस्तानसँग मुल्तानमा उद्घाटन खेल खेल्ने भएको हो । 

नेपाल रहेको समूह ए मा पाकिस्तान र भारत रहेका छन् ।

नेपालले अगष्ट ३० मा पाकिस्तानसँग र सेप्टेम्बर ४ मा भारतसँग श्रीलंकाको केन्डीमा खेल्नेछ ।

एसिया कपको बहुप्रतिक्षित मानिएको भारत र पाकिस्तानबीचको खेल सेप्टेम्बर २ मा श्रीलंकाको केन्डीमा हुनेछ ।

समूह बी मा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन् ।

प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर १७ मा श्रीलंकाको कोलम्बोमा हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *