गायन रियालिटी शो मेरो भ्वाइस युनिभर्सः थानकोटका राजु तामाङको चुनाैती समाप्त
थानकोट ।
नेपालको पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ रोचक मोडमा पुगेको छ ।
बुधबार साँझको २३औं श्रृङ्खलाबाट १ जना प्रतिस्पर्धी बाहिरिँदा अन्तिम ८ को टुंगो लागेको छ ।
इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले आयोजना गरेको शो टप ८ को अवस्थामा छ ।
२३औं श्रृङ्खलाबाट सबैभन्दा धेरै भोट साइराज खातीले प्राप्त गरेका छन् ।
सो श्रृङ्खलामा भोटिङ अंकका आधारमा थानकोटका राजु तामाङ, मुना खताल र स्माइल दास अन्तिम तीनमा परेका थिए । जसबाट राजु तामाङ प्रतियोगिताबाट बाहिरिएका छन् ।
प्रतियोगिताबाट बाहिरँदै गर्दा राजु तामाङले आफुले सिकेका कुरा संगीत साधनामा लगाइ गरि अझै परिष्कृत हुने प्रतिक्रिया दिए ।












