दसैँ बिदामा पनि काठमाडौं जिल्ला अदालत खुल्ला रहने
थानकोट ।
विजया दशमीको अवसरमा सार्वजनिक बिदा भए पनि काठमाडौँ जिल्ला अदालत निश्चित समयका लागि खुल्ला रहने भएको छ।
काठमाडौँ जिल्ला अदालत बबरमहलले एक सूचना जारी गर्दै दसैँ बिदाको अवधिमा पनि तोकिएका अत्यावश्यक सेवाहरू प्रवाह गरिने जनाएको हो।
अदालतका अनुसार शनिबार, फूलपाती र विजया दशमी (टीका) को दिन बाहेक अन्य दिन बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म कार्यालय खुला रहनेछ।
अदालतले दसैँ बिदाको अवधिमा अत्यावश्यक न्यायिक सेवा लिनुपर्ने सेवाग्राहीलाई तोकिएको समयमा सम्पर्क गर्न अनुरोध गरेको छ।















