‘समानुपातिक प्रणाली खारेज गराैं’- सांसद् राजेन्द्रकुमार केसी

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद् राजेन्द्रकुमार केसीले समानुपातिक निर्वाचन प्रणाली स्थिर सरकारको बाधक भएको बताएका छन् ।

बिहीबार नेपाली कांग्रेस केन्द्रीय कार्यक्रम बैठकमा सांसद् केसीले भने, ‘गठबन्धनबाट चुनावमा जाँदा देशलाई स्थिर सरकार दिन्छौँ भनेका थियौँ । त्यसको परिणाम राम्रै आयो । तर ४० प्रतिशत समानुपातिक सांसद हुने व्यवस्था स्थिर सरकारका लागि बाधक छ ।’

सरकार निर्माणको तागत ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीमा रहेको केसीको भनाइ छ । ‘११० जना समानुपातिक सांसदलाई राष्ट्रिय सभामा व्यवस्थापन गर्न सकिन्छ । यसको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ ।’

यस्तै उनले पार्टी सदस्यता थप्नेभन्दा पनि गुणस्तरीय बनाउने कुरामा ध्यान दिनुपर्ने बताए । ‘८ लाख क्रियाशील सदस्यको घरबाट मात्र मत आउँदा हाम्रो समानुपातिकमा ३४ लाख मत आउनुपर्ने देखिन्छ,’ उनी भन्छन्, ‘तर हामीले २७ लाख मात्र मत पायौँ । त्यसैले सदस्यता बढाएर मात्र भोट बढ्छ भन्ने कुराबाट टाढा जानुपर्छ । सदस्यता गुणस्तरीय बनाउनुपर्छ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *