जनता समाजवादी पार्टीले फेर्‍यो पार्टीको झण्डा र लोगो

Thankot Times

थानकोट ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीको झण्डा र लोगो फेरेको छ ।

जसपाले संशोधनसहित तयार भएको विधानलाई प्रमाणीकरण गर्दै पार्टीको नयाँ झण्डा र लोगो बनाएको हो ।

असार १० देखि १२ गतेसम्म चलेको विधान अधिवेशनमा पार्टीको विधान मस्यौदा प्रस्तुत गरिएको थियो ।

त्यसमा छलफल हुँदा आएको सुझावका आधारमा जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठन भएको एक समितिले विधानलाई अन्तिम रुप दिई त्यसलाई बिहीबार प्रमाणीकरण गरेको छ ।

प्रमाणीकरण गरिएको विधानअनुसार पार्टीको झण्डा र लोगो परिवर्तन गरेको छ ।

यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो  रंगको पृष्ठभूमिमा सेतो ताराको सट्टा अहिले रातो पृष्ठभूमिमा सेतो तारा राखिएको छ । त्यस्तै यसअघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ ।

जसअनुसार पहिलेको लोगोमा मुठ्ठीसहितको हात राखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *